काठमाडौं : गृह मन्त्रालयले एकैपटक १०० जना कर्मचारीको सरुवा गरेको छ ।मन्त्रालयले असोज १२ गतेको निर्णयअनुसार विभिन्न कार्यालयमा कार्यरत कर्मचारीलाई सरुवा गरेको हो ।सरुवा हुनेमा अधिकांश नायब सुब्बा वा सो सरहका कर्मचारी रहेका छन् ।मन्त्रालयका अनुसार अधिकांशको सरुवा एउटै जिल्लाभित्रका विभिन्न कार्यालयमा गरिएको छ ।सरुवा सूचीमा जिल्ला प्रशासन कार्यालय, कारागार कार्यालय र अध्यागमन कार्यालयमा कार्यरत कर्मचारीसमेत छन् ।कार्यालयको आवश्यकता र कर्मचारी व्यवस्थापनलाई आधार बनाएर सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।मन्त्रालयले सरुवा भएका कर्मचारीको नाम, साविकको कार्यालय र सरुवा भएको कार्यालयसहितको विवरण सार्वजनिक गरेको छ ।



© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij