Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

सांसद पोखरेलको प्रश्न – बालेन्द्र शाहको सरकार कुन शैलीको हो ?

सांसद पोखरेलको प्रश्न – बालेन्द्र शाहको सरकार कुन शैलीको हो ?

काठमाडौँ : नेकपा एमालेका सांसद लक्ष्मीप्रसाद पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाहको कार्यशैलीप्रति प्रश्न उठाएका छन् । बिहीबार बसेको प्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्दै सांसद पोखरेलले प्रधानमन्त्री शाहको सरकार सञ्चालन पद्धतिलाई लिएर प्रश्न उठाएका हुन् ।सांसद पोखरेलले सरकारलाई पाँच फरक–फरक रूप को संज्ञा दिँदै व्यङ्ग्य गरेका छन् । उनले सरकारको कार्यशैलीलाई अस्वाभाविक भएको दाबी गरे ।पोखरेलले ‘संसदमा बहुमत प्राप्त दलको संसदीय दलको नेता भएकाले यो संवैधानिक सरकारजस्तो देखिन्छ, तर आफ्नै दलको बैठकमा नजाने भएकाले यो निर्दलीय सरकारजस्तो लाग्छ,’ उनले भने ।

पोखरेलले सर्वदलीय बैठकमा सहभागी नहुने कार्यशैलीप्रति टिप्पणी गर्दै भने, ‘सर्वदलीय बैठकमा नजाने भएकाले यो एकदलीय सरकारजस्तो छ ।’उनले सरकार भूमिगत गिरोहको हातमा रहेको आरोप लगाउँदै भने, ‘भूमिगत गिरोहबाट चल्ने भएकाले यो पञ्चायती सरकारजस्तो देखिन्छ ।’संवैधानिक निकाय र राष्ट्रप्रमुखप्रति प्रधानमन्त्री शाहको दृष्टिकोणलाई लिएर पोखरेलले व्यङ्ग्य गरेका छन् । उनले भने, ‘राष्ट्रपतिलाई समेत नजरअन्दाज गर्ने कार्यशैली हेर्दा यो श्री ३ महाराजजस्तो लाग्छ ।’
सांसद पोखरेलले प्रश्न गर्दै भने, ‘खासमा बालेन्द्र शाह नेतृत्वको यो कस्तो सरकार हो ?’सांसद पोखरेलले सरकारले समन्वयकारी भूमिका खेल्न नसकेको र स्वेच्छाचारी ढङ्गले अघि बढेको बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij