काठमाडौँ : नेपाली कांग्रेस शेरबहादुर देउवा समूहले १५औँ महाधिवेशनअन्तर्गत आजदेखि देशभर वडा अधिवेशन सुरु गरेको छ ।संस्थापनले असोज १८ देखि महाधिवेशन गर्न लागेपनि देउवा समूहले मंसिर २१ देखि २३ गतेसम्म समानान्तर रुपमा महाधिवेशन गर्न लागेको छ । सोहीअनुसार बिहीबारदेखि देउवा समूहले वडा अधिवेशन थालेको हो ।काठमाडौँ क्षेत्र नम्बर १ को संयुक्त वडा अधिवेशन बिहीबार नेता प्रकाशमान सिंहको उपस्थितिमा उद्घाटन गरिएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij