काठमाडौँ : प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरूलाई काठमाडौँको कमलादीस्थित ‘रुस्काज् ब्युटि स्टुडियो’ (स्कुल अफ ब्युटिसियन आईटीसी स्किल डेभलपमेन्ट ट्रेनिङ सेन्टर) मा विभिन्न सौन्दर्य सेवाहरूमा विशेष छुट उपलब्ध गराउने सम्झौता भएको छ।सम्झौता अनुसार रुस्काज् ब्युटि स्टुडियोमा हेयर कटिङ, थ्रेडिङ, ब्युटी क्लास, हेयर केमिकल, फेसियल तथा स्किन ट्रिटमेन्ट, नेल आर्ट, म्यानिक्योर, पेडिक्योर, वाक्सिङ, मेकअप प्याकेज तथा कस्मेटिक सामग्रीहरू खरिद गर्दा प्रभु बैंकका ग्राहकहरूले ५० देखि २० प्रतिशतसम्म र कर्मचारीहरूले ५ देखि ३० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् ।
उक्त छुट सुविधा उपभोग गर्नका लागि ग्राहकहरूले बैंकको मान्य डेबिट कार्ड, क्रेडिट कार्ड वा विद्युतीय माध्यमबाट भुक्तानी गर्नुपर्नेछ भने कर्मचारीहरूले बैंकको परिचयपत्र पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।कार्यक्रमका बीच सम्पन्न समझदारी पत्रमा रुस्काज् ब्युटि स्टुडियोका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रुस्काज् वैद्य श्रेष्ठ र प्रभु बैंकका तर्फबाट बागमती प्रदेशका प्रमुख प्रदेश अधिकारी (सीपीओ) प्रचिता श्रेष्ठले हस्ताक्षर गरेका छन्। उक्त समारोहमा प्रभु बैंक कमलादी शाखाकी अधिकृत राधा गुरुङ तथा स्टुडियोका प्रबन्ध निर्देशक रवि भक्त श्रेष्ठको समेत उपस्थिति रहेको थियो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij