Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

कांग्रेसको १५औँ महाधिवेशनमा ७ हजारबढी प्रतिनिधि सहभागी हुने

कांग्रेसको १५औँ महाधिवेशनमा ७ हजारबढी प्रतिनिधि सहभागी हुने

काठमाडौं : नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा विगतको जस्तो झाँकी, ब्यानर र प्रचार सामग्रीसहितको तामझाम नगर्ने भएको छ।देश शोकमा रहेको भन्दै कांग्रेसले महाधिवेशनको प्रचारप्रसारलाई सादगीपूर्ण र वातावरणमैत्री बनाउने निर्णय गरेको हो।महाधिवेशन तयारीबारे जानकारी दिन शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता देवराज चालिसेले यस्तो जानकारी दिएका हुन्।उनका अनुसार महाधिवेशनमा उम्मेदवारहरूले शहरका भित्तादेखि सडकसम्म प्रचार सामग्री टाँस्ने, पर्चा बाँड्ने र अनावश्यक तामझाम गर्ने शैली त्याग्नुपर्नेछ।

‘१५औँ महाधिवेशनमा तामझामसहितका प्रचार सामग्री शहरमा टाँसिँदैनन्। सकेसम्म प्रविधिको प्रयोग गर्न उम्मेदवारहरूलाई आग्रह गरिएको छ। वातावरणमैत्री प्रचारप्रसार गर्ने नीति पार्टीले लिएको छ,’ प्रवक्ता चालिसेले भने।कांग्रेसले महाधिवेशनका क्रममा डिजिटल बोर्डमार्फत प्रचारप्रसार गर्ने तयारी गरेको छ। उम्मेदवारहरूलाई प्रचारका लागि पर्चा नछाप्नसमेत आग्रह गरिएको छ।

कांग्रेसको १५औँ महाधिवेशनमा देशभरबाट ७ हजार ७ सय प्रतिनिधि सहभागी हुने बताइएको छ।महाधिवेशनमा सहभागी प्रतिनिधिका लागि भृकुटीमण्डपमा बिहान, दिउँसो र बेलुकाको खाना व्यवस्था गरिनेछ। भने बासको व्यवस्था प्रतिनिधिहरूले आफैँ गर्नुपर्ने प्रवक्ता चालिसेले जानकारी दिए।संस्थापन पक्षले असोज १८ गतेदेखि १५औँ महाधिवेशन गर्ने तयारी अघि बढाइरहेका बेला पूर्वसभापति शेरबहादुर देउवा पक्षले पनि समानान्तर रूपमा महाधिवेशन प्रक्रिया अघि बढाएको छ। देउवा पक्षले आफ्नो महाधिवेशन मंसिर २१ देखि २३ गतेसम्म गर्ने कार्यतालिका सार्वजनिक गरेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij