Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

एमालेले पार्टी कार्यालयमा बोलायो संसदीय दलको बैठक

एमालेले पार्टी कार्यालयमा बोलायो संसदीय दलको बैठक

काठमाडौँ : नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । एमाले पार्टी कार्यालय च्यसलमा दिउँसो १ बजे बस्नेगरी बोलाइएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट निर्वाचित सांसदहरूलाई विशेष निर्देशन दिनेछन् । नेकपा एमालेले संसद् अधिवेशन सुरु हुनुअघि र समाप्त भएपछि दलको बैठक बोलाएर अधिवेशन अवधिभरमा भएगरेका कामकारबाहीबारे समीक्षा गर्दै आएको छ । संसदीय दलका उपनेता पद्मा अर्यालले आजको बैठकमा गएको संसद् अधिवेशनमा पार्टीका तर्फबाट खेलेको भूमिकाको समीक्षाका साथै आगामी दिनमा सांसद र पार्टी नेताले खेल्नुपर्ने भूमिकाबारे अध्यक्षले विशेष निर्देशन दिने बताइन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij