Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

लोकतन्त्र र गणतन्त्रको रक्षाका लागि दलहरूबिच सहकार्य र एकता अपरिहार्य :  शरत्‌सिंह भण्डारी

लोकतन्त्र र गणतन्त्रको रक्षाका लागि दलहरूबिच सहकार्य र एकता अपरिहार्य :  शरत्‌सिंह भण्डारी

काठमाडौँ : जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता शरत्‌सिंह भण्डारीले मुलुकमा लोकतन्त्र र गणतन्त्रलाई संस्थागत गर्न राजनीतिक दलहरूबिच एकता र सहकार्य अपरिहार्य रहेको बताएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेता भण्डारीले नेपालको राजनीतिक परिवर्तनमा नेपाली कांग्रेसको भूमिकालाई स्मरण गरे । ‘नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापनासम्म आइपुग्दा भएका ऐतिहासिक राजनीतिक आन्दोलनहरूको नेतृत्व नेपाली कांग्रेसले गरेको हो । यो इतिहासलाई हामीले बिर्सन हुँदैन,’ भण्डारीले भने । उनले प्राप्त उपलब्धिहरूको रक्षा र संरक्षण गर्न पनि सबै राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्ने बताए । 

नेता भण्डारीले दलहरूबिचको अनावश्यक खिचातानीभन्दा माथि उठेर मुलुकलाई समृद्धिको बाटोमा अगाडि बढाउनु नै अहिलेको मुख्य राष्ट्रिय कार्यभार रहेको बताए । ‘विगतका राजनीतिक सङ्घर्ष सकिएका छन्, अबको हाम्रो एकल ध्यान देशलाई आर्थिक समृद्धितर्फ डोर्‍याउने हुनुपर्छ,’ उनले भने । कांग्रेसको १५औँ महाधिवेशनले चयन गर्ने नयाँ नेतृत्व र निर्माण गर्ने नीतिले मुलुकलाई नयाँ दिशा दिने विश्वास व्यक्त गरे । ‘कांग्रेसको महाधिवेशनबाट निर्वाचित हुने नेतृत्व र तय हुने नीतिले समृद्ध नेपाल निर्माणको बाटो कोर्नेछ भन्ने मैले आशा राखेको छु,’ भण्डारीले भने ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij