Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

प्रचण्डको आह्वान: देश निर्माणका लागि युवा नेताले क्रमभंग गर्नुपर्छ

प्रचण्डको आह्वान: देश निर्माणका लागि युवा नेताले क्रमभंग गर्नुपर्छ

काठमाडौं : नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले देश बनाउनका लागि पार्टीका युवा नेतृत्वले क्रमभंगता गर्नुपर्ने बताएका छन्। नेपाली कांग्रेसको १५ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई आइतबार सम्बोधन गर्दै प्रचण्डले रास्वपा सभापति रवि लामिछानेलाई पनि क्रमभंग गर्न सुझाव दिए।


‘पहिला पहिला मैले क्रमभंग गर्थें, शान्ति प्रक्रियालाई युद्धमा लान्थेँ, युद्धलाई शान्तिमा ल्याउँथे, शान्तिलाई संविधानमा ल्याउँथें, संविधानलाई गणतन्त्रमा, सायद मलाई अहिले अलि गार्हो गार्हो भएको हो कि ।’ प्रचण्डले भने,  अब पालो गगनजीहरुको हो। तपाईं क्रम भंग गर्दै जानुस् । अब पालो रविजीको हो । तपाईं क्रमभंग गर्दै जानुस्। तपाईंले पनि क्रम भंग गर्नुस् अनि बन्छ नेपाल।’ 
प्रचण्डले कांग्रेसभित्र अझै छुटेका नेता तथा समूहलाई समेत जोडेर अघि बढ्न थापालाई आग्रह गरे। पार्टीलाई थप एकताबद्ध बनाएर अघि बढाउनुपर्ने भन्दै उनले कांग्रेसको नयाँ नेतृत्वले सबैलाई समेट्ने प्रयास गर्नुपर्ने बताए।

थापा अब पार्टीको नेतृत्वमा मात्रै सीमित नरही देशकै नेतृत्व गर्ने बाटोमा अघि बढ्नुपर्ने प्रचण्डले बताए। त्यसका लागि आफ्नो साथ र सहयोग रहने उनको भनाइ छ।

‘अहिले तपाईं देशको नेतृत्व गर्ने बाटोमा हिँड्नु होला, हामी साथ दिन तयार छौँ,’ प्रचण्डले भने।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij