Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

गैँडाको आक्रमणबाट घाइते भरतपुरका ४२ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु

गैँडाको आक्रमणबाट घाइते भरतपुरका ४२ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु

भरतपुर :  चितवनमा गैँडाको आक्रमणबाट गम्भीर घाइते भएका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । भरतपुर महानगरपालिका–२५, फलेनीका ४२ वर्षीय भक्तबहादुर घलेलाई गत असोज १४ गते बिहान करिब ५ बजे मर्निङवाकमा हिँडिरहेका बेला एक्कासि जंगली गैँडाले आक्रमण गरेको थियो ।

गैँडाको आक्रमणबाट गम्भीर घाइते भएका घलेको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको थियो । उपचारकै क्रममा असोज १९ गते राति ११ः१२ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

मृतक घलेको शव सोही अस्पतालमा रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij