भरतपुरमा सर्वसम्मत नेतृत्वको अवस्था
भरतपुर महानगरपालिकाका २९ वटै वडामा अधिवेशन सम्पन्न भएको छ । उपलब्ध विवरणअनुसार वडा नं. १ मा भरत कुँवर, २ मा विजय पराजुली, ३ मा नवराज शाही, ४ मा ईश्वर प्रभाकर श्रेष्ठ, ५ मा राजुप्रसाद श्रेष्ठ र ६ मा मुक्ति पोखरेल वडा सभापतिमा निर्वाचित हुनुभएको छ ।
यस्तै वडा नं. ७ मा दीपेन्द्र ढकाल, ८ मा शशीधर सापकोटा, ९ मा युवराज पौडेल, १० मा बद्रिप्रसाद पौडेल, ११ मा राजेन्द्र न्यौपाने (राजु), १२ मा शान्ता सेढाईं, १३ मा शोभा रेग्मी र १५ मा घनश्याम केसी निर्वाचित हुनुभएको छ । वडा नं. १६ मा भानुभक्त सापकोटा, १७ मा टंक घले, १८ मा रवीन्द्र अर्याल, १९ मा बालमाया घले, २० मा रामकृष्ण कोइराला, २२ मा युवराज क्षेत्री, २३ मा कृष्णबहादुर दवाडी, २४ मा जीतबहादुर सारु मगर, २५ मा युवराज दवाडी, २७ मा तुल्सीनाथ सुवेदी, २८ मा दण्डपाणि ढकाल र २९ मा नीरबहादुर गुरुङ (भरत) वडा सभापतिमा निर्वाचित हुनुभएको छ ।
रत्ननगरमा पनि अधिकांश नेतृत्व सर्वसम्मत
रत्ननगर नगरपालिकाका १६ वटै वडामा समेत अधिवेशन सम्पन्न भएको छ । वडा नं. १ मा विष्णु अधिकारी, २ मा युवराज तिमिल्सेना, ३ मा दयानिधि अर्याल, ४ मा रामकुमार चौधरी, ५ मा विकास गुरुङ, ६ मा किरण महतो, ७ मा मंगल महतो र ८ मा श्रीकान्त पौडेल वडा सभापतिमा निर्वाचित हुनुभएको छ ।
त्यस्तै वडा नं. ९ मा केशवबहादुर मल्ल, १० मा सोमप्रसाद भट्ट, ११ मा दुर्गादत्त न्यूरे, १२ मा श्रीकृष्ण घिमिरे, १३ मा ईश्वरप्रसाद खनाल, १५ मा केशवबाबु घिमिरे र १६ मा चीजकुमार श्रेष्ठ निर्वाचित हुनुभएको छ । अन्य स्थानीय तहका वडा सभापति तथा पदाधिकारीको विवरण पनि संकलन भइरहेको सचिव पोखरेलले जानकारी दिनुभयो ।
महानगर सभापतिको दौडमा न्यौपाने र अधिकारी
वडा अधिवेशनसँगै भरतपुर महानगर कांग्रेसको आगामी नेतृत्वका लागि आकांक्षीहरूको सक्रियता पनि बढेको छ । महानगर सभापतिका आकांक्षी बुद्धिकान्त न्यौपाने क्षेत्रीय प्रतिनिधिमा निर्वाचित हुनुभएको छ । भरतपुर–६ को वडा अधिवेशनबाट क्षेत्रीय प्रतिनिधि निर्वाचित न्यौपानेले यसअघि महानगर कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारीसमेत सम्हालिसक्नुभएको छ । प्रजातन्त्रका सेनानी स्व. चन्द्रकान्त न्यौपानेका छोरा उहाँले महानगर कांग्रेसलाई थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
यसैगरी भरतपुर महानगर सभापतिका अर्का दाबेदार कृष्णविलास अधिकारी पनि क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत चयन हुनुभएको छ । भरतपुर–१० बाट क्षेत्रीय प्रतिनिधि चयन भएपछि अधिकारीले महानगरको नेतृत्वका लागि आफू वैधानिक रूपमा तयार भएको बताउनुभएको छ ।
‘वडाबाट सर्वसम्मत क्षेत्रीय प्रतिनिधिमा निर्वाचित गर्नुभएको छ । अब महानगरको नेतृत्व लिन वैधानिक रूपमा तयार भएको छु,’ अधिकारीले भन्नुभयो । वडा अधिवेशन सम्पन्न भएसँगै चितवन कांग्रेसको ध्यान अब नगर तथा क्षेत्रीय नेतृत्वतर्फ केन्द्रित भएको छ । कांग्रेसको नगर अधिवेशन असोज ७ गते हुने कार्यतालिका छ ।