Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

बीपी कोइराला क्यान्सर अस्पतालको रिक्त सदस्य पदमा ६ जना नियुक्त

बीपी कोइराला क्यान्सर अस्पतालको रिक्त सदस्य पदमा ६ जना नियुक्त

चितवन : भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त सदस्य पदमा ६ जना नियुक्त भएका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले खुला प्रतिस्पर्धाबाट चिकित्सकतर्फ ४ जना र समाजसेवीतर्फ २ जनालाई अस्पतालको सदस्य पदमा नियुक्त गरेको हो।

मन्त्रालय स्रोतका अनुसार चिकित्सकतर्फ डा. सुरेन्द्र गौचन, डा. शान्ति भुर्तेल, डा. दीपेन्द्र दास र रमिला शिल्पकार नियुक्त भएका छन्। यस्तै, समाजसेवीतर्फ डिल्लीराम भण्डारी र इशा प्रधान सदस्यमा नियुक्त भएका छन्।

यसअघि मन्त्रालयले सदस्य पदमा मनोनयन तथा नियुक्तिका लागि रोस्टर सूचीमा सूचीकृत हुन आवेदन दिएका उम्मेदवारहरूको अन्तर्वार्ता लिएको थियो। सोही खुला प्रतिस्पर्धात्मक प्रक्रियाबाट अस्पतालको ऐनअनुसार रिक्त सदस्य पदमा ६ जनालाई नियुक्त गरिएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij