Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

इन्स्पेक्टर दिवश रिमाल कोशी प्रदेशकै ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित

इन्स्पेक्टर दिवश रिमाल कोशी प्रदेशकै ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित

विराटनगर : कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले इलाममा कार्यरत प्रहरी निरीक्षक दिवश रिमाललाई भदौ महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषणा गरेको छ ।

इलाम नगरपालिका–७, कुलधारास्थित कुवेरप्रसाद शर्माको घरमा रहेको सेफ्टी ट्याङ्की सफा गर्ने क्रममा सोही स्थानका ४७ वर्षीय रामसी डोम ट्याङ्कीभित्र अचेत अवस्थामा रहेको सूचना पाएपछि प्रहरी निरीक्षक रिमाल नेतृत्वको टोली तत्काल घटनास्थल पुगेको थियो ।


उद्धारका क्रममा रिमाल स्वयं जोखिम मोलेर सेफ्टी ट्याङ्कीभित्र प्रवेश गरी अचेत अवस्थामा रहेका डोमलाई सकुशल बाहिर निकालेका थिए।

कर्तव्य निर्वाहका क्रममा उच्च जोखिम मोलेर उद्धार कार्यमा महत्वपूर्ण भूमिका खेलेको, अनुशासन, व्यावसायिकता र कर्तव्यनिष्ठा प्रदर्शन गरेको तथा नागरिकमा सुरक्षाको अनुभूति दिलाउन उल्लेखनीय काम गरेको भन्दै प्रदेश प्रहरी कार्यालयले रिमाललाई महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको जनाएको छ ।

प्रहरी संगठनको विभागीय मूल्य–मान्यता, आदेश–निर्देशनको पालना गर्दै उच्च मनोबलका साथ जिम्मेवारी निर्वाह गरेको मूल्याङ्कनका आधारमा रिमाललाई उक्त सम्मान प्रदान गरिएको हो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट