Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

तनहुँ–१ मा नवीनराज पौडेलको दाबी बलियो, महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

तनहुँ–१ मा नवीनराज पौडेलको दाबी बलियो, महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

 तनहुँ :  नेपाली कांग्रेसको १५औँ महाधिवेशनको प्रक्रिया अघि बढेसँगै तनहुँ–१ मा युवा नेता एवं संचारकर्मी नवीनराज पौडेलले आफ्नो राजनीतिक उपस्थिति थप बलियो बनाएका छन्। व्यास नगरपालिका–८ को वडा अधिवेशनबाट पौडेल पहिलो नम्बरमा क्षेत्रीय प्रतिनिधिका रूपमा सिफारिस भएपछि उनले तनहुँ–१ बाट खुलातर्फ महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

वडा तहबाटै पहिलो नम्बरमा प्राप्त सिफारिसलाई पौडेलको सांगठनिक सक्रियता र नेतृत्वप्रतिको विश्वासका रूपमा हेरिएको छ। व्यास–८ मा वडा कार्यसमिति तथा क्षेत्रीय प्रतिनिधिसहित सबै पदमा सर्वसम्मत चयन भएको जनाइएको छ। कांग्रेस सभापति गगन थापाका विश्वास पात्र तथा राष्ट्रपति रामचन्द्र पौडेलका निकट सञ्चार क्षेत्रमा लामो समयदेखि सक्रिय पौडेलले जनताका मुद्दालाई निरन्तर उठाउँदै आएको बताउँदै अब पार्टी संगठनमा पनि युवाको सहभागिता, प्रविधिमैत्री संगठन र प्रभावकारी सञ्चारलाई प्राथमिकतामा राख्ने बताएका छन्।

18466-2048x782.jpg
undefined

उनको उम्मेदवारीले परम्परागत राजनीतिक अभ्याससँगै नयाँ पुस्ताको भूमिका र प्रतिनिधित्वको बहसलाई तनहुँ–१ मा थप अगाडि ल्याएको छ।“अनुभवलाई सम्मान, युवालाई अवसर र नवीन सोचसहितको कांग्रेस निर्माण” गर्ने संकल्पसहित पौडेल महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा उत्रिन लागेका हुन्। वडा अधिवेशनबाट पहिलो नम्बरमा क्षेत्रीय प्रतिनिधि सिफारिस भएका पौडेलले अब खुलातर्फ महाधिवेशन प्रतिनिधिका रूपमा आफूलाई प्रस्तुत गर्दै संगठनलाई जनतासँग अझ नजिक जोड्ने, सञ्चारलाई संगठनको प्रभावकारी माध्यम बनाउने र युवालाई निर्णायक भूमिकामा स्थापित गर्ने एजेन्डा अघि सारेका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट