Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

त्रिशूलीको बहावले मनकामना केबलकारको सडक भासियो

त्रिशूलीको बहावले मनकामना केबलकारको सडक भासियो

चितवन : चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित मनकामना केबलकारको गेटभित्रको सडक भासिएको छ।

निरन्तरको वर्षासँगै त्रिशूली नदीमा पानीको बहाव बढेपछि सडक भासिएको हो। गोरखाको सहिद लखन गाउँपालिका–३ सिलिङटार जोड्ने झोलुङ्गे पुलमा नदीको तीव्र बहावले लगातार कटान गरेपछि केबलकारको गेटदेखि भित्रतर्फको सडक भासिएको जनाइएको छ।

नदीको बहाव र कटानका कारण सडकमा क्षति पुगेपछि उक्त क्षेत्रमा आवागमन प्रभावित हुने अवस्था सिर्जना भएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट