चितवन : नारायणी नदीमा पानीको बहाव अत्यधिक बढेपछि नारायणी पुलमा अस्थायी रूपमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। नवलपुर प्रहरीले नदीमा पानीको बहाव निरन्तर बढिरहेको र थप बढ्न सक्ने अवस्था रहेकाले सुरक्षा जोखिमलाई मध्यनजर गर्दै नारायणी पुलमा सवारीसाधन तथा पैदल आवतजावतमा समेत प्रतिबन्ध लगाइएको जनाएको छ।
नारायणी नदीमा पानीको सतह उच्च तहमा पुगेपछि पुलमा आवतजावत जोखिमपूर्ण बनेको प्रहरीले जनाएको छ। यस्तै, कालीगण्डकी नदीको पानी कालीगण्डकी करिडोरको सडकसम्म आएपछि उक्त करिडोरमा पनि सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
प्रहरीले नदी तथा सडक आसपासको क्षेत्रमा आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij