चितवन : नारायणी नदीमा दशकौँदेखि आउने बाढी र नदीको बदलिँदो स्वरूपको साक्षी बनेर एउटा पुरानो पिल्लर अझै उभिएको छ। स्थानीय जानकारीअनुसार, नारायणी नदीमा विगतमा फेरी (डुङ्गा) सञ्चालनका क्रममा निर्माण गरिएको बताइने उक्त पुरानो पिल्लर अहिले पनि नदीको बीच भागमा देखिन्छ। यही ऐतिहासिक संरचनालाई आधार बनाएर पछि बुद्धको मूर्ति स्थापना गरिएको बताइन्छ।
नारायणी नदीमा वर्षौँदेखि पटक–पटक ठूला बाढी र भेल आउने गरेका छन्। नदीको बहावसँगै आसपासका भूभागको स्वरूपसमेत परिवर्तन हुँदै आएको छ। तर दशकौँ पुरानो मानिएको उक्त पिल्लर र त्यसमाथि रहेको बुद्धको मूर्ति भने बाढीको तीव्र बहावबीच पनि उभिएको देखिन्छ।
पुरानो तस्बिर र हालको अवस्थालाई सँगै हेर्दा नारायणी नदीमा आएको परिवर्तनसँगै यस क्षेत्रको इतिहाससमेत झल्किन्छ। लामो समयदेखि नदीको बहाव र बाढीको सामना गर्दै आएको यो संरचना अहिले नारायणीसँग जोडिएको पुरानो चिनारीका रूपमा देखिन्छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij