Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

नेकपा एमालेले आगामी मंसिर पहिलो हप्ता काठमाडौँमा राष्ट्रिय भेला गर्ने

नेकपा एमालेले आगामी मंसिर पहिलो हप्ता काठमाडौँमा राष्ट्रिय भेला गर्ने

काठमाडौँ : नेकपा एमालेले आगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने भएको छ। भेलामा पार्टीका प्रदेश पदाधिकारी, जिल्ला पदाधिकारी, पालिकाका अध्यक्ष, उपाध्यक्ष र जनप्रतिनिधिसहित संघ प्रदेश र पालिकाका जनप्रतिनिधि उपस्थित हुनेछन्।

बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टी स्थायी कमिटीको बैठकले अगामी मंसिर २६ गते वडा र  र पुस ४ गते पालिका अधिवेशन गर्ने निर्णय भएको पनियस्तो निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए। उपमहासचिव भट्टले नगर र वडा अधिवेशन लगत्तै सात वटै प्रदेशमा प्रदेशस्तरीय भेला गर्ने निर्णय समेत गरेको छ।

‘बैठकले आगामी मंसिर २६ मा वडा अधिवेशन, आगामी पौष ४ मा पालिका अधिवेशन, मंसिर पहिलो हप्ता राष्ट्रिय भेला गर्ने, पार्टीका प्रदेश पदाधिकारी, जिल्ला पदाधिकारी, पालिकाका अध्यक्ष, उपाध्यक्ष र जनप्रतिनिधिहरुसहित नगर र वडा अधिवेशनपछि प्रदेश स्तरीय भेला गर्ने निर्णय भएको छ’, उनले भने, ‘१३ वटा जिल्लामा अध्यक्ष पद खालि रहेको छ । त्यसको लागि स्थानीय कमिटीले नै निर्माण गरेर माथिल्लो कमिटीमार्फत अनुमोदन गराई त्यसपछि कार्यान्वयनमा जान्छ । त्यो आयोजक समितिको रूपमा रहन्छ।’

उपमहासचिव भट्टले अध्यक्ष पद रिक्त रहेका १३ वटा जिल्लाको अध्यक्ष तोक्ने जिम्मेवारी पार्टीको तल्लो कमिटीलाई दिइएको समेत जानकारी दिए। बिहीबारको बैठकमा पार्टीकी वरिष्ठ नेता विद्यादेवी भण्डारीले शपथ समेत लिएकी थिइन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट